Home » खेलकुद » फुकुओकामा मैत्रिपुर्ण फुटसल प्रतियोगिता हुने
फुटसल
खुकुरी एफ सी द्वारा फुटसल प्रतियोगिता

फुकुओकामा मैत्रिपुर्ण फुटसल प्रतियोगिता हुने

खुकुरी एफ सी द्वारा ठुलो धन राशीको फुटसल प्रतियोगिता आयोजना

फुकुओका, जापान

जुन १८, २०१७

जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। यसपटक भने खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता गर्ने भएको छ। नगद ५ लाख येन प्रथम पुरस्कारको प्रतियोगिता जापानमा नेपालीहरुद्वारा आयोजित प्रतियोगिताहरुमध्ये सबैभन्दा ठूलो धन राशीको प्रतियोगिता हो। केहि महिना पहिले तोचिगी केनमा पहिलो पटक नगद ५ लाख येन प्रथम पुरस्कारको फुटसल प्रतियोगिता भएको थियो ।

फुटसल

खुकुरी एफ सी द्वारा फुटसल प्रतियोगिता

जापानका विभिन्न स्पोर्टस क्लबहरु बीच आपसी सदभाव कायम गर्ने उद्धेश्यले यही जुलाई ८ तारिख फुकुओका केन फुकुओका सी हिगासी- कु माचुसिमा ५-३-१ मा रहेको स्पोर्टर ग्राउण्डमा उक्त प्रतियोगिता हुने भएको खुकुरी एफ सी का संयोजक नारायण सुवेदी ले फुकुओका डट न्युजलाई जानकारी दिनुभएको छ।

फुटसलको माध्यमबाट फुटबल गेमलाई अझै उचाईमा पुर्याउन र आम खेलप्रेमी माझ लोकप्रिय बनाउनका लागि उक्त लिग आयोजना गर्न लागिएको बताइएको छ।
आयोजकले उक्त प्रतियोगितामा सहभागी हुन चाहने टिमले जुन ३० तारिखसम्म आफ्नो टिम दर्ताको लागि अनुरोध गरेको छ । टिम दर्ताको लागि आयोजक कमिटीका सदस्यहरुलाई सम्पर्क गर्ने गरी दर्ता शुल्क ५ मान अर्थात् ५० हजार येन बुझाउनु पर्ने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख येनका साथै ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २ लाख येनका साथै उपविजेता ट्रफी प्राप्त गर्नेछ ।

खेल 福岡県福岡市東区松島5-3-1 को मैदानमा हुनेछ ।

थप जानकारीको लागि

नविन (०८०-४३२१-८३७४)
अशोक(०९०-४९८४-५१२८)

नारायण(०८०-३९५२-०५३५)
सविन(०८०-८३८६-६३७९)

गेहेन्दर (०८०-९१०३-८१८३)

मनोज(०९०-३०७४-५९२०)

प्रमोद(०८०-९१०३-५६७३)

प्रकाश (०८०-९१०५-९८४१)

सँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अर्जेन्टिनालाई अर्को झड्का, पेरुले बराबरीमा रोक्यो

रुस विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ ।   दक्षिण अमेरिकी छनोट ...