Home » समाचार » एनआरएन-NRN » एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति जारी
एनआरएनए क्युश्यु
एनआरएनए क्युश्यु

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति जारी

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति जारी

फुकुओका ,जापान जुन १४, २०१७

पछिल्लो समय क्यु़्स्युमा देखिएको बिबादले अराजक रुप लिन सक्ने हुनाले एनआरएनए क्युस्युको क्षेत्रिय समिति संगको समन्वय र केन्द्रिय कमिटिको सुझावलाई मध्यनजर गर्दै क्युश्यु क्षेत्रको निर्वाचन  कमिटिले पछिल्लो जानकारी नआउन्जेल सम्मका लागि निर्वाचन सम्बन्धि  कुनै पनि काम कारबाही नहुने जानकारि सहित बिज्ञप्ति जारी गरिएकोछ ।

पछिल्लो समय क्युश्युमा देखिएको निर्वाचन सम्बन्धि अस्वस्थ प्रतिस्पर्धाले समाज भड्किने खालका अराजग गतिबिधिहरु हाबी हुदै गएकोले यस्ता कुरालाई मध्यनजर गर्दै एनआरएनए जापानको रहोवर तथा निर्वाचन कमिटिको निर्देशन एनआरएनए क्युश्यु कार्यसमिति र बुद्धिजीवी वर्गको सहमतिमा आज सम्म परेको उमेद्वारी फिर्ता गरि निर्वाचन कमिटीलाई केहि समयको लागि काम कारबाही स्थगित गरिएको तथा स्थिति समान्य अवस्थामा ल्याउन र सकेसम्म सहमति गराउन निरन्तर रुपममा लागिरहने कुरा निर्वाचन कमिटिका संयोजक छत्र दाहाल द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

एनआरएनए क्युश्यु

एनआरएनए क्युश्यु  निर्वाचन कमिटी द्वारा बिज्ञप्ति

लक्ष्मण बानीया र देवराज उप्रेती बीचमात्र कडा टक्कर हुने अनुमानलाई हस्त लामा र सन्तोष थापाको संयोजक पदमा उम्मेदवारी घोषणाले एनआरएनए जापान क्युसु क्षेत्रीय समितिको निर्वाचनमा खैलावैला मच्चिएको हो ।

पछिल्लो समयमा अकस्मात फुकुओकामा लामा र थापाको उम्मेदवारी आए लगत्तै बिधान लगाएत केहि टेक्निकल त्रुटिलाई संबोधन गर्न र फुकुओकामा भएको उदाहरणिय भाईचारालाई यथावत गराउंदै केन्द्रबाट सहमतिय समिकरणको प्रयासका निमित्त यसो गरिएको हुनसक्ने सबैको अनुमान छ ।

सानो क्षेत्रको गैरआवासीय नेपालीको अधिवेशनमा यति धेरै उम्मेदवारी/ प्रतिस्प्रदा हुनु राम्रो भएतापनि आपसी भाईचाराका निमित्त भएपनि १ कदम माथि सोचि पछिडि हट्दै सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने यहांका अग्रजहरू बताउंदै आएका थिए । जापान भर करिब १०,००० मतदाता रहेको NRNA मा, टोकियो पछिको सबैभन्दा धेरै सदस्यता भएको क्युश्युमा १५०० भन्दा बढि मतदाता रहेका छन ।

निर्वाचन आउन अझै डेढ हप्ता बाँकी रहेकाले अहिले नै यसै हुन्छ भनेर दावेदारी प्रस्तुत गर्न सकिन्न तापनि नेतृत्वका आकांक्षीहरुबीच सहमति कायम गरेर सर्वसम्मत रुपमा नेतृत्व चयन भए यसले जापानका अन्य क्षेत्रलाई मात्र हैन बाहिरी मुलुकका समितिहरुलाई पनि प्रेरित गर्ने थियो भन्ने कुराहरु पनि बाहिर आईरहेको अवस्था छ ।

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...