फुकुओका जापान,
NRNA क्युशुको भाबी संयोजकका लागि उमेद्वारी-हस्त लामा
विगत १० बर्ष भन्दा अगाढी बाट जापानलाई बिद्यार्थी हुँदै कर्मभूमि बनाएका लामा अहिले नेपालि मुलका जापानी नागरिक हुन | बिद्यार्थी जीवन देखिनै निकै मिलनसार र सहयोगी रहेको कुरा उनका समकालिन साथीहरु बताउछन हाल उनि जापानी भाषा स्कुलमा कार्यरत छन् |
क्युशु क्षेत्र अत्यधिक नेपाली बिद्यार्थी बसोबास गर्ने ठाउँको रुपमा टोक्यो पछि दोस्रो नम्बरमा आउँछ उनले आफुले काम गर्ने स्कुलका बिद्यार्थी मात्रै हैन हरेक विद्यार्थीले ल्याएका समस्या लाइ समाधानको बाटो खोजिदिने काम गर्छन/
बिद्यार्थी मात्रै हैन अहिले फुकुओका क्षेत्रका नाम चलेका संस्थाहरुको नेतृत्व गरिसकेका र ब्यबसाईको रुपमा आफ्नो ठाउँ बनाइसकेका धेरैलाई उनले सहयोग गरेका छन/
संधै पर्दा पछाडी रहेर काम गर्ने र कामको प्रतिफल अरुलाई दिने बानीले उनलाई धेरैले पर्दा पछाडीनै राख्न खोजीरहे आँफु बसेको समाज नबिग्रियोस् भनेर संधै आपसी सहमतिलाई ध्यान दिंदै पदसंग कहिले पनि सम्झौता नगरेका लामा यसपाली भने NRNA जापान क्युशु क्षेत्रको संयोजक पदका लागि उमेद्वार भएका छन्/
अन्य दुइ जना ब्यत्तिको नाम चर्चामा रहँदै गर्दा हजुरको उमेद्वारी किन?
भनि गरिएको प्रश्नमा लामा भन्छन बिगतमा क्युशु क्षेत्र सहमति र भाइचारामा चलिरहेको थियो र नेतृत्व जसले गरेपनि सबैको सहभागिता हुन्थ्यो अहिले त्यस्तो अबस्था छैन स्वत्रन्त्र संस्थालाई पैसाको चलखेल र राजनीतिको केन्द्र बनाइन लागेको होकी भन्ने भान भएको छ,यदी त्यस्तो हो भने यसलाई रोक्नुपर्छ भनेर मैले उमद्वारी दिएको हुँ |
अरुलेत चुनाब जित्नका लागि धेरै सदस्य बनाएका छन् रे तपाईका कति छन्?
भनि गरिएको प्रश्नमा लामा भन्छन म आँफु सदस्य भएको छु मैले कसैलाई पनि मलाई भोट दिनु भनेर सदस्य बनाएको छैन अहिले क्युशु क्षेत्रमा १५०० भन्दा बढी सदस्य हुनुहुन्छ उहाँहरुलेनै मलाई भोट दिनुहुनेछ |
अरुले बनाएका सदस्यले तपाईंलाइ भोट देलान त ?
भनि सोद्दा लामा भन्छन मतदान भनेको गोप्य कुरा हो र यो हरेक व्यक्त्तिको स्वतन्त्रताको अधिकार पनि हो त्यसैले सदस्य जसले बनाएपनि मतदान भनेको आफुले ठिक लागेको ब्यत्ति लाइ दिने हो क्युशु बासि नेपालि दाजुभाइ दिदीबहिनीहरु सबैले बास्तबिकता भुझिसक्नु भएको छ जित मेरो नै हुनेछ र क्युशु बासीको दुखसुखको साथि म नै बन्न पाउनेछु भन्ने कुरामा मलाई पूर्ण बिस्वास छ |
Fukuokanepal.news लाइ आफ्नो अमुल्य कुरा राखिदिनुभएकोमा धेरै धेरै धन्बाद |
अग्रिम शुभकामना NRNA क्युशु क्षेत्रको आगामी संयोजक पदका लागि उमेद्वार दिनुहुने हस्त लामा लाइ यहाँको यात्रा सफल रहोस
2017-06-12