Home » समाचार » एनआरएन-NRN » क्युश्युमा चुनाबी माहोलको चहलपहल
क्युश्युमा चुनाबी माहोलको चहलपहल
क्युश्युमा चुनाबी माहोलको चहलपहल

क्युश्युमा चुनाबी माहोलको चहलपहल

क्युश्युमा चुनाबी माहोल को चहलपहल

फुकुओका जापान,

नेपालमा हुने हरेक वर्ष गाईजात्रा जस्तै शैलीमा प्रवासी नेपालीहरु बिशेष गरि क्युश्युले पनि एन आर एन ए मार्फत क्युशुमा यसको सुरुवात बिशेष किसिमले गर्दैछ जस्तो लाग्न  थालेको छ । आफ्नो देशमा आफ्नो भविष्य  नदेख्ने ठूलो जमात विदेशमा छन् । नगन्य मात्राले प्रगति गरेका छन् ।तर क्युश्युमा हेर्ने हो भने अधिकांश  विद्यार्थीहरु छन् । ब्यबसाय भए पनि सुरुवातीको क्रममा छ । केहि बाहेक सबैले काम ,दाम र मामको जोहो गर्दैमा जिन्दगी बिताएका छन् । विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको एनआरएनएको डरलाग्दो तरिकाले चुनाबी माहोल तातेको छ । आज कतिलाई लाग्दै छ एनआरएनए चुनाबले क्युश्युबासि नेपालीबीच नै मनमुटाव तिक्तता र कुटाकुटको विजारोपण त हुदैन ?नेपालको राजनीतिक संस्कारमा हुर्किएकाहरु जति नै विकसित देशमा गए पनि जतिसुकै पढाइ र कमाइ गरे पनि विचार र सोचमा परिवर्तन ल्याउन सकेका छैनन् । यो कुरा अहिलेको क्युश्युको माहोलले सबैलाई प्रस्ट पारेको छ।जुन २४ मा हुन गहिरहेको  एनआरएनए क्युश्यु क्षेत्रीय  अधिबेशनको चुनाबी चहलपहलमा उम्मेदवार घोषणामा देखिएको समाचार, गुट उपगुट र तिक्तालले क्युश्यु तातेको छ । नेपाली राजनीतिज्ञ र राजनीतिलाई नजिकैबाट बुझी नेपालमा गरी खान कठिन भो भनी पीडाको भारी बिसाउन विदेश पलायन भएका हामी युवाहरु आज सबै बिर्सी बिदेशी भूमिमा तीनै नेताहरुले गर्दै र सिकाउँदै आएका क्रियाकलापहरु गरिरहेका छौ ।यो सबै नेपालीको लागि ठिक लागेको छैन किनभने क्युश्युमा लगभग ६ हजार  नेपालीको बसोबास छ तर भर्खरै प्रकाशित गरिएको एन आर एन ए को सदस्य संख्यामा भने १५,३९ जना मात्र छन् ।यो पनि कतिलाईजवर्जस्ती  पैसा हालिदिएर बनाइएको छ भन्ने विभिन्न ठाउमा चर्चापरिचर्चा पनि नभएको भने होइन ।

ठूलाठूला जीवनशैलीका धाक लगाउदै नेपाल र नेपालीको लागि केहि गर्न नपर्ने अनि चुनाब आउदा प्यानल घोषणा गर्दै नेपालीहरु बीच फाटो आउने काम सुरु भइरहेको छ भन्ने आम जनमानसको बुझाइ छ । यस्तै हो भने चाँडै सुन्न र हेर्न पाइने छ, क्युश्यु मा ‘नेपालीहरुद्वारा चक्काजाम ,बन्द र हड्तालको घोषणा !

No automatic alt text available.

क्युश्युमा चुनाबी माहोलको चहलपहल

एनआरएनए चुनाव प्रक्रियालाई सरसर्ती हेर्ने हो भने विवाद नभएको देश नै छैन । कतै मसालको भरमा चुनाब कब्जा गरियो ,कतै कमिटी गठनको महिना नपुग्दै विगठनको प्रक्रिया चल्यो, कतै नेपालमा झैँ आफ्नै पार्टीकालाई नै हराउने खेल भए त कतै मतदाता किन्ने जस्ता निकृष्ट र लाजमर्दो काम भैरहेको  छ ।तर यसपटक क्युश्युमा यस्तो खालको कुनै अप्रिय घटना कतै कसैबाट कुनै पनि हालतमा गराउन हुदैन ।यसको लागि सम्पूर्ण क्युशुबासी दाजुभाई तथा दिदीबहिनीहरुले एकपटक मनन गर्ने दिन आएको छ ।अबबाट क्युश्युमा गुटफुट र बिग्रहको राजनीति एनआरएनमा कहिले पनि प्रवेश नगराउने संकल्प सबैले गरौ ।होइन भने हामीमा आजसम्म भएको एकता र भातृत्वको सम्बन्ध टुटि बिकराल समस्या आउनेछ ।त्यसैले यसपटक सहमतिमा एक सशक्त जुझारु कार्यसमिति गठन गरि राम्रो कामको सुरुवात गरौ ।कृपया बेलैमा सबैले सोचौ ,मनन गरौ र नेपाल र नेपालीको लागि केहि गरौ ।
जय नेपाली

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...