फुकुओका ,जापान जुन १२ ,२०१७`
सन्तोष थापा को उम्मेद्वारी घोषणा
नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्यअनुरुप क्युसुबासी नेपालीहरुको लागि केहि गर्ने सोच सहित एनआरएन क्युश्युको अध्यक्षमा सन्तोष थापाले उम्मेद्वारी दिने घोषणा गरेका छन ।
गैर आवसीय नेपाली संघ (एन आर एन ए ) क्युश्यु क्षेत्र जापानको आगामी दुइ बर्षको कार्यकालको लागि हुने निर्वाचनको चहलपहल व्यापक रुपमा हुन थालेको छ।क्युश्यु क्षेत्रमा लगभग ६ हजार नेपालीहरुको बसोबास रहेकोमा १,५३९ मतदाता रहेका छन ।

सन्तोष थापा अति नै मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम क्युशुबासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् ।उनले एन आर एन ए क्युशुको नेतृत्वमा रहेर मुख्य दुई कामहरु: दिर्घकालीन र आपतकालीन सामाजिक कामहरु गर्ने कुरा बताए। दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम र क्युसुबासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्ने कामहरु रहेका छन ।आजसम्म जापानबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय जापान बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको दाबीसहित विजय हुने सुनिश्चित भएको भन्दै उम्मेद्वारी दर्ता गर्ने थापाले बताए ।साथै सम्पूर्ण क्युशुबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अमुल्य मत दिई बिजयी गराउन हार्दिक अनुरोध गरेका छन् ।