Home » समाचार » एनआरएन-NRN » NRNA क्युशु जापानको आगामी अधिबेशन जुन 24 तारिकमा
NRNA क्युशु
क्युशु क्षेत्रको आगामी अधिबेशन

NRNA क्युशु जापानको आगामी अधिबेशन जुन 24 तारिकमा

एन आर एन क्युशु

एन आर एन क्युशु

JUNE 9 फुकुओका जापान、

NRNA क्युशु जापानको आगामी अधिबेशन यही जुन महिनाको २४ तारिक शनिबार हुने भएको छ,जस अन्तर्गत निर्बाचन कमिटीमा संयोजक छत्र दाहाल रहनु भएको छ भने अन्य सदस्यहरूमा किरण बर्मा,सुन्दरमणी रेग्मी,योगेश कार्की,पुरूषोत्तम सिग्देल गरी पाँचजना रहनु भएको छ ।

जुन ६ तारिक साँझ बसेको निर्बाचन कमिटीको बैठकले आगामी अधिबेशनका लागी NRNA जापानको बिधान भित्र रहेर बिभिन्न निर्णयहरू गरेको छ ।
२०१७/६/७सम्ममा अन्तिम पटक मिलाउने प्रयाश गर्ने भनिएको थियो तत्पश्चात अरु निर्णयमा जाने भनिएकोमा सहमतिको प्रयाश असफल भएपछी निर्बाचन प्रकृयामा जानुको बिकल्प नरहेको भन्दै निम्न अनुसारको कार्यतालिका सार्बजनिक गरिएको छ ।

२०१७/६/१०-      देखि २०१७/६/१५ सम्म उमेद्दारी दर्ता
२०१७/६/१६-    नामावली प्रकाशन
२०१७/६/१८-    उमेद्दारी फिर्ता
२०१७/६/१९-    अन्तिम नामावली प्रकाशन
२०१७/६/२१-    मतपत्र तयारी
२०१७ /६/२४-   निर्वाचन
माथिको कार्यतालिका संगै उमेद्वारी दर्ताको लागि निम्नलिखित नियम तथा उमेद्वारी शुल्क लाग्ने कुरा निर्बाचन कमिटिका सदस्य योगेश कार्कीले जानकारी दिनुभयो |
१.अध्यक्षको हकमा:-    एक कार्यकाल कार्यसमितिमा रही सक्रिय रुपमा काम गरेको हुनुपर्नेछ |
२.अन्य पदको हकमा:-  पंजीकृत सदस्य भएको हुनुपर्नेछ |

उमेद्वारी दर्ताको सम्बन्धमा:-
अध्यक्ष देखि सबै पदको हकमा उमेद्वारी दर्ता अनुमति पत्र लिखित रुपमा हुनुपर्नेछ र निर्बाचन कमिटिका जुनसुकै सदस्यको हातमा दिन सकिनेछ साथै उमेद्वारी शुल्क NRNA क्युशु को खातामा जम्मा गरि उमेद्वारी पत्र संगै पैसा जम्मा गरेको रसिद पनि बुझाउनु पर्नेछ|

उमेद्वारी दर्ताकोलागि निम्न अनुसारको शुल्क लाग्नेछ :-
१.संयोजक :-        ५०००० जापानी यन
२.उपसंयोजक:-     ४०००० जापानी यन
३.सचिब:-            ४०००० जापानी यन
४.कोषाध्यक्ष:-     ३००००जापानी यन
५.सदस्य:-           १००००जापानी यन
माथि उल्लेखित शुल्क NRNA क्युशुको जापान पोस्ट बैंकको खाता १७४१०-९६५२३९३१ नम्बरमा जम्मा गरि रसिद सहित उमेद्वारी पत्र निर्बाचन कमिटिका जुनसुकै सदस्यलाइ पनि बुझाउन सकिनेछ |

निर्बाचन कमिटिका सदस्यहरुको सम्पर्क नम्बर तल उल्लेखित गरिएकोछ |
छत्र दाहाल :-       09011618958
किरण बर्मा:-        08039972693
सुन्दरमणि रेग्मी:-   08039459437
योगेश कार्की:-     08043130218
पुरुषोत्तम सिग्देल:- 09084000071

अधिबेशन हुने स्थान:- 福岡市東区千早4丁目21番45号(千早駅西側)

(Fukuoka shi Higashi ku Chihaya 4-21-45)

फोन नं:-092 674 3981

निर्बाचनलाइ निस्पक्ष र सान्तपूर्ण वाताबरणमा सम्पन्न गराउन कुनै पनि कसुर बाँकि नराख्ने कुरा निर्नाचन कमिटिका संयोजक छत्र दाहालले Fukuokanepal.news लाइ जानकारी दिनुभयो |

सजिलोको लागि NRNA क्युशुको जापान पोस्ट बैंकको खाता नं:-

17410-96523931

(カイガイザイジュウネパールジンキョウカイニホンシフ)

 

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...