फुकुओका ,जापान जुन ९ ,२०१७
मूलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अहिले दोस्रो चरणको निर्वाचनका लागि सबै राजनितिक दलहरुले आ-आफ्नो उम्मेद्धार घोषणा र मत माग्ने काममा व्यस्त देखिएका छन् ।
यो पटक पनि अघिल्ला निर्वाचनमा जस्तै आश्वासनहरु बाँड्न उम्मेद्धार र राजनितिक दलहरु पछि परेका छैनन् । सोही यर्थाथलाई झल्काउदै कलाकार वैकुण्ठ महतले लोक गीत ‘चुनाव चिन्ह’ सार्वजनिक गरेका छन् ।
एक हप्ता पानीजहाज – २ ‘आर्थिक सम्बृद्धि’ बोलको आफ्नो सृजना लोक बजारमा पठाएकाविगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा लागिपरेका सर्जक तथा गायक वैकुण्ठ महतले निर्वाचनकै माहौलमा सचेतना स्वरुप यो गीत निर्माण गरेको बताएका छन् ।
काम नगर्ने कुरा मात्रै गर्ने नेताहरुको प्रवृत्तिलाई गीति झापड हानेका छन् भने राम्रा व्यक्ति छानेर मतदान गर्न सक्नुपर्ने सचेतना प्रदान गरिएको छ । जनतालाई दुख दिने काम गरेका पाटी नेतालाई नजिताऔ भन्ने सन्देश प्रवाह गरिएको छ ।
विगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा लागिपरेका सर्जक तथा गायक वैकुण्ठ महतको लय तथा शब्दमा वरदान डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा महतका अलवा कोमल ओली, विमलराज क्षेत्री, विष्णु खत्री, पुर्णकला विसी, शितल शर्मा, रितु थापाले स्वर दिएका छन् । अनुप शिवाकोटी निर्देशित उक्त म्युजिक भिडियोमा राजाराम पौडेल सहित दर्जनौ कलाकर्मीले अभिनय गरेका छन् ।