फुकुओका ,जापान जुन ९ ,२०१७
लामो समय देखी निस्कृय रहेको चितवन समाज क्युस्युको पुनर्गठन भएको छ । चितवन समाज क्युशु का संस्थापक संयोजक बासुदेव लामिछानेको प्रमुख आतिथ्यमा सम्मपन्न भेलाले दिलिप लामिछाने को संयोजकमा नयाँ नेतृत्व सर्बसम्मत चयन गरिएको छ ।

विभिन्न उद्देश्यले नेपालको चितवन जिल्ला बाट फुकुओकामा बस्दै आएका नेपालीहरुले चितवन समाज जापानको क्षेत्रीय कमिटी पुनर्गठन गरेका छन । चितवन समाज क्युशु क्षेत्रीय कमिटीमा कार्यसमितिको संयोजक दिलिप लामिछाने, उपसयोजक सुरज वन, सचिब सुवास न्यौपाने, सह-सचिब भरत वन, कोषाध्यक्ष भाबना तिमलसिना रहेका छन । यसैगरी सदस्यहरुमा पशुपती पुरी, सुरज चौधरी , सन्तोष भाट, विनोद परिवार, पुर्णिमा श्रेष्ठ, प्रज्ञा हमाल रहेका छन ।

जिल्लाबासी एकित्रित गरि एकापसमा सुमधुर सम्बन्ध बढाई भैपरिआउने समस्या समाधान तथा विभिन्न चाडबाडहरु एकापसमा मिलेर मनाउने मुख्य उद्देश्य रहेको कुरा नवनिर्वाचित संयोजक दिलिप लामिछानेले फ़ुकुओक नेपाल डट न्युजलाइ बताउनु भयो ।सस्था पुनर्स्थापना सगै चियापान समारोह सगै बाकी पद पूर्ति गर्ने कुरा पनि उहाले बताउनु भयो ।