

फुकुओका जापान,
NRNA जापान क्युशु क्षेत्रको आगामी अधिबेशनका लागि पहिलो बैठक सम्पन्न भएको छ,आगामी अधिबेशनका लागि छनोट गरिएको निर्बाचन कमिटीमा फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब अध्यक्ष छत्र दाहाल संयोजक रहनुभएको छ भने अन्य सदस्यहरुमा NRNA क्युशुका वर्तमान संयोजक किरण बर्मा,फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब अध्यक्ष सुन्दरमणि रेग्मी,फुकुओका नेपाल सोसाइटीका भुतपुर्ब उपाध्यक्ष योगेश कार्की र फुकुओका नेपाल सोसाइटीका वर्तमान अध्यक्ष पुरुषोत्तम सिग्देल रहेका छन् |
जम्मा पाँच जना रहेको निर्बाचन कमिटिका संयोजक छत्र दाहालको अध्यक्षतामा बसेको पहिलो बैठकमा सबै सदस्यहरुको उपस्थिति थियो |
बैठकले वर्तमान कार्यसमितिले दिएको मिति भित्र अधिबेशन गराउने जमर्को गर्नेछ यद्यपि वर्तमान अबस्थालाई बुज्दा अधिबेशनका लागि तोकिएको मितिमा ठाउँको अभाब हुनसक्ने सम्भावना देखिएको छ,यदी त्यस्तो भएको खण्डमा निर्बाचन कमिटीले पहिले ठाउँको ब्यबस्था गरि अर्को मिति तोक्ने छ र क्रमश आफ्नो कार्य अगाढी बढाउने छ |
वर्तमान कार्यसमितिले दिएको अधिबेशनको मिति यहि जुन महिनाको २४ अथवा २५ तारिक रहेको छ |
आगामी कुरालाई छोडेर भन्ने हो भने अहिले सम्मको अड्कलमा क्युशु क्षेत्रको संयोजक पदका लागि बर्तमान उपसंयोजक लक्ष्मण बानियाँ र वर्तमान सचिब देवराज उप्रेतीको प्रतिस्प्रधा रहन सक्ने कुरा Fukuokanepal.news लाइ जानकारी प्राप्त भएको छ |
fukuokanepal.news 2017-06-07