फुकुओका ,जापान जुन ६ ,२०१७
गैर आवसीय नेपाली संघ क्युशु क्षेत्र जापानको आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचन मिति नजिकिदै गर्दा अहिले फुकुओकामा क्युशु क्षेत्रीय पदाधिकारीहरु तिब्र रुपमा सक्रिय भएर आफ्नो पक्षलाइ जिताउन लागि परिरहेका छन् ।

आगामी दुर्इ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्वाचनमा कसले नेतृत्व सम्हाल्ने भन्ने कुरामा क्युशु कार्य समिति बीच बहसको बिषय बनेको छ । क्युशुमा बसोबास गर्ने लगभग ६ हजार नेपालीहरु को साझा संगठन गैर आवसीय नेपाली संघ एन आरएनए क्युशुमा प्रतिनिधित्व गर्न आफ्नो पक्षमा मत हासिल गर्नको लागि अहिले फुकुओकामा आ–आफ्नो पक्ष का कार्यसमिति लगायत सक्रिय व्यक्तिहरु बीच गुट बन्दि पनि सुरु भइसकेको अवस्था छ । गैर आवसीय नेपाली संघ क्युशु कार्यसमितिको संयोजक प्रत्यासीको रुपमा अहिले दुइ जना प्रतिस्प्रधी हरु मैदान मा उत्रिएका छन् जस मा बर्तमान उपाध्यक्ष लक्ष्मन बानिया र वर्तमान सचिब देवराज उप्रेती रहेका छन् ।त्यस्तै गरि , तेस्रो उमेद्वार खडा गर्ने भन्ने पनि चर्चा चलिरहेको छ ।
आफ्नो उम्मेदवारीलार्इ अब्बल बनाउँदै आ–आफ्नो मुद्दा तथा घोषणापत्र बनाउने र एकापसमा छलफल तिब्र गतिमा चलिरहेको चलिरहेको छ ।यसपटक जापानमा विधार्थीले एनआरएनको चुनाब मा मताधिकार पाएकोले र क्युशुमा अधिकांस बिधार्थी रहेको हुदा बिशेषगरी बिधार्थीको मुद्दा र हकहितलाइ अगाडि लिएर कसरी गैर आवसीय नेपालीहरु माझ आफु लाइ प्रस्तुत गर्ने र नेतृत्व मा बाजी मार्नको लागि दुइ बर्षे आफ्नो कार्यकालमा सागँठानिक,सस्थागत र सामुहिक नेतृत्वको लागि आफु लाइ अरु भन्दा सक्षम देखाउन पनि होड बाजी नै चल्नेमा आकलन गरिएको छ ।अहिले गैर आवासीय संघ नोकरी गर्ने नेपाली हरुको पहुच भन्दा माथि धनि हरुको मात्र सस्था भनेर चिनिन्छ ।क्युसु जापानमा पनि यसको प्रभाव पर्न सक्ने अनुमान छ ।
अध्यक्ष पदका दुइ बलिया प्रतिस्प्रधी लक्ष्मन बानिया र देवराज उप्रेती बीच यस निर्बचनमा कडा प्रतिप्रधा हुने कुरामा नकार्न सकिदैन ।नेतृत्व लिन खोज्दै छन् तर आज सम्म कुनै पनि स्पष्ट घोषणा पत्र नआएकोले यहि नै हो भनेर अनुमान गर्न सक्ने स्थिति भने छैन ।क्युसु बसी नेपालीहरु प्राय बिधार्थीहरु भएको हुदा काम गर्न सक्ने सक्षम नेतृत्व छ्न्नेमा दुइ मत छैन ।
यदा कदा गैह्र आवसीय नेपाली संघ को निर्बाचनमा नेतृत्व हासिल गर्न लाइ ठुलै पैसाको चल खेल पनि हुन्छ भन्ने पनि सुनिदै आइरहेको हो तर क्युसुको सन्दर्भमा के हुन्छ अब हेर्न बाकि छ र आगामी दुइ बर्षको कार्यकालको लागि कसले नेतृत्व हासिल गर्ने छन् ।
क्युसु क्षेत्रमा अहिले सम्म १,५३९ सदस्य बनिसकेका छन्। क्युसु कार्यसमितिको बैठकले निर्वाचन समिति तोकिसकेको छ ।छत्र दाहालको नेतृत्वमा ५ जनाको समिति बनेको छ । जसमा संयोजक छत्र दाहाल छन् भने सदस्यहरुमा किरण बर्मा ,पुरुषोत्तम सिग्देल ,योगेश कार्की ,सुन्दरमणि रेग्मी रहेका छन् र निर्वाचन मिति ,समय र स्थान निर्वाचन समितिले छिट्टै घोषणा गर्ने कुरा समितिका सचिब देव राज उप्रेतीले फुकुओका नेपाल डट न्युजलाइ जानकारी दिनु भयो ।