जापानको फुकुओका मा बृहत ओरेन्टेसन प्रोग्राम
फुकुओका ,जापान
जुन १ २०१७ ,
जापानमा नेपालीहरुको बृद्दी सगसगै विभिन्न समस्याहरु पनि बढ्दै गएको छ ।यसलाई मध्यनजर गर्दै हाम्रो नेपाल हामी नेपाली अभियान ,जापानको आयोजनामा २०१७ जुन ३० तारिको दिन बिहान १०:३० बजे बाट साँझ ४ बजे सम्म फुकुओका मिनामी वार्ड सिमिन सेन्टरमा बृहत ओरेन्टेसन प्रोगाम हुने भएको छ ।जापामा विभिन्न उद्देश्यका लागि आउनु भएका नेपालीहरुको समस्यामा आधारित रहेर यो कार्यक्रम आयोजना गरिएको छ ।

बिशेष गरि नेपाली बिद्यार्थीहरुलाईको समस्या समाधानमा टेवा पुर्याने , सफलताको बाटोमा अग्रसर गर्न प्रेरणा दिने र जापानको परिवेशको बारेमा जनाकारी गराउने मुख्य उदेस्य रहेको कुरा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्म राज अधिकारी ज्युले फुकुओका नेपाललाइ बताउनु भयो ।कार्यक्रममा प्रबासी नेपाली हरुको चुनौती ,समस्या र समाधानको बिषयमा नेपालका चर्चित बक्ताहरु रबिन्द्र मिश्र र केदार भक्त माथेमा , जिज्ञान कुमार थापा ,जापानका सफल नेपाली ब्यबसियीहरु ,विद्वान एवं बुद्धिजिबी बर्गहरु ,फुकुओका प्रिफेक्चरका प्रतिनिधि ,फुकुओका सिटीका प्रतिनिधि ,फुकुओका इमिग्रेसनका प्रतिनिधि ,जापानिज भाषा संघको प्रतिनिधि ,फुकुओका प्रहरीको प्रतिनिधि लगाएत प्रमुख बक्ता हरुको प्रस्तुति रहनेछ ।कार्यक्रमका महामहिम राजदुत प्रतिभा राना को प्रमुख अतिथ्यमा सम्पन्न हुने छ ।यस ऐतिहासिक कार्यक्रममा सहभागी भएमा व्यक्तित्व विकास सगसगै जापानमा आफ्नो भबिस्य बनाउने आधार हरु खोज्न सकिने कुरा आयोजकले विश्वास लिगेको छ ।साथ साथै क्युसुबसी सम्पुण नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई उपस्थित हुन हार्दिक अनुरोध पनि गरेको छ ।