फ़ुकुओका ,जापान
मे ३१ , २०१७
जापानमा नेपालीहरुको पहिलो लायन्स क्लब “नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब” फुकुओकाले धुम्बाराही लायन्स क्लबका सस्थापक अध्यक्ष लगायतको एक समूहलाई जापानको फुकुओकामा स्वागत गर्ने भएको छ ।

स्थापनाको छोटो अबधिमानै लायन्सको मुल्य र मान्यताभित्र रहेर स्वास्थ्य, शिक्षा , पोषण तथा वातावरणको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब फुकुओकाबासी नेपाली तथा जापानीजहरुबिच लोकप्रिय बन्न सफल भएको छ ।

२०१७/०५/३१ गते बिहान ९ बजे फुकुओका एयरपोर्टमा क्लबका सल्लाहकार ,समाजसेवी एवं एन आर एन जापानका उपाध्यक्ष टंक गैरे ,क्लबका सस्थापक अध्यक्ष अर्जुन थापा ,बरिष्ठ उपाध्यक्ष दिलिप लामिछाने ,कोषध्यक्ष गुप्तराज न्यौपाने ,सदस्य शंकर केसी लगायतको टोलीले धुम्बाराही लायन्स क्लबका सस्थापक अध्यक्ष लायन धनराज बडेल ,सुष्मा बडेल ,देव बहादुर थापा र युबराज केसीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ l

नेपाली युवाहरुको सकृयतामा फ़ुकुओकामा गठित उक्त क्लब ६ महिना अगाडी मात्र गठन गरिएको हो ।