फुकुओका जापान,
जापानको फुकुओकामा प्रथम KSU ANNIVERSARY कप २०१७ सफलता पुर्बक सम्पन्न भएको छ क्युसु सान्ग्यो युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको क्लब KSU क्लबले फुकुओकाको माचुसिमामा रहेको DINO’S CLUB मा फुटसल प्रतियोगिता आयोजना गरेर सफलता पुर्बक सम्पन्न गरेको हो |
जम्मा २४ टीमको सहभागिता रहेको उत्त प्रतियोगिताको सुरुवात KSU FC का अध्यक्ष मुनम लामाको अध्यक्षतामा भएको थियो त्यसैगरी प्रमुख अतिथि लक्ष्मण बानिया,बिशेष अथितिमा रामकृष्ण श्रेष्ठ र हिमाल जी.सी रहेका थिए भने कार्यक्रम संचालन दिलेन्द्र जोशीले गरेका थिए |
२४ टिम अन्तर्गत १३ टिमलाइ पछि पार्दै KHUKURI FC RED बिजेता बनेको छ भने १२ टिमलाइ पछि पार्दै KURUME FC दोस्रो स्थान जित्न सफल भएको छ,यसैगरी KURUME FC का निलेश महर्जनले BEST PLAYER को उपाधि पाए भने KHUKURI FC REDका किपर रंजित गुरुङले बेस्ट किपरको उपाधि चुम्न सफल भए |

२४ टिम मध्य बलियो टिम मानिएको KYODAI SIZUKA FC भने यसपाली सेमी फाइनल बाट बाहिरिएको छ |
उत्त प्रतियोगितालाई बुद्ध रेस्टुरेन्ट ले GOLD SPONSOR गरेको थियो भने SILVER SPONSOR बाजेको सेकुवा हाउस र NEW ROAD RESTAURENT AND BAR ले गरेको थियो |
प्रतियोगितामा प्रथम टिमलाइ नगद २५ मान,सिल,मेडल र प्रमाण पत्र प्रदान गरियो भने दोस्रो टिमलाइ नगद १२ मान ५ हजार,सिल,मेडल र प्रमाण पत्र प्रदान गरिएको कुरा KSU FC कपका संयोजक रोजिन थापा मगरले fukuokanepal.news लाइ जानकारी दिनुभयो |

fukuokanepal.news 2017-05-27 friday