जापानको फुकुओकामा कार्यव्यस्ततासंगै नेपाली लोक साँस्कृतिकालाई बचाई राख्नु हुने सिग्देल दाजु-भाइको नयाँ बाबाको गीत नेपाली लोक गीत संगीतको इतिहासमा पहिलो पटक बाबाको गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको शब्द तथा लय संकलनमा अर्का चर्चित गायक माधव सिग्देलको स्वरमा रहेको गीत सम्पूर्ण संगीत प्रेमी श्रोता दर्सकले मन पराउने विश्वास लिइएको छ । हाल प्रसाद डिजिटल मार्फत युट्युबमा अडियो सार्बजनिक भएको छ ।

जापानको फुकुओकामा उक्त गीतको भिडियो छायांकन गरि छिट्टै सार्बजनिक हुने कुरा जानकारी गायक माधव सिग्देलज्युले दिनुभएको छ । यस गीतलाई सगर बिरहीले एरेन्ज गरेका हुन |