जापानमा नयाँ बर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापानबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई अप्रिल एक तारिक बाट अप्रिल ३० तारिक सम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक जनालाई बम्पर उपहार दिने घोषणा गरेको छ | “यसपालीको नयाँ बर्ष, क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले लिएर आयो “नयाँ वर्ष हर्ष नै हर्ष” नाम राखिएको क्याम्पेनको बारेमा क्योउदाइ रेमिटान्सको केन्द्रिय कार्यालय टोक्यो शिनओकुबोमा पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराइएको थियो | हरेक दिन दुइ जनालाई पर्ने पुरस्कारमा प्रति व्यक्ति ५,००० येन को गिफ्ट कुपन भौचरको साथमा नयाँ बर्षको योजना अबधिभर हरेक हप्ता एक जनालाई बम्पर उपहार अत्यधिक सुबिधा युक्त कम्प्युटर (ल्यापटप ) प्रदान गरिनेछ |
जापानमा रेमिटान्स बजारको अलग पहिचान् बनाउन सफल क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले आफ्नो ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै विभिन्न समयमा बिबिध योजनाहरु ल्याउनुको साथै नेपाल र नेपालीहरुको हरेक दुख सुख को सारथि हुदै सामाजिक भूमिकाहरु पनि निभाउदै आएको छ |