Home » फोटो समाचार » बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ
ramkrishna-shrestha

बैशाखी मेला कार्यक्रमको उदेश्य-संयोजक रामकृष्ण श्रेष्ठ ज्युको भनाइ

 बैशाखी मेला कार्यक्रमको उदेश्य

बैशाखी मेला कार्यक्रमको उदेश्य – नेपाल, भारत, श्रीलंका, र बंगलादेश लगाएत दक्षिण एसियाका बिभिन्न देशहरुमा बैशाख महिनाबाट नयाँ वर्षको आगमन हुन्छ। तर पनि यसलाई अत्यधिक महत्त्वपूर्ण रुपमा हामी लिने र मनाउने गर्दैनौ। त्यसको ठिक उल्टो जापानमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातको रुपमा धुमधाम सँग स्वागत गर्ने चलन छ। जसरी दशैं र तिहारमा हामी नेपालीहरु भगवती दुर्गा र लक्ष्मीसँग सु-स्वास्थ एवम् सुख सम्पतिको कामना गर्दछौ। त्यसै गरी जापान लगाएत बिश्वका बिभिन्न देशहरुमा नयाँ वर्षलाई ठुलो चाडको रुपमा मनाईन्छ।
अघिल्ला केहि वर्ष देखि जापान नेपालीहरुका लागि रोजगार होस् अथवा अध्यनका लागि होस् बिशेष रोजाईमा पर्छ। त्यसको फल स्वरूप हाल ६० हजारको हाराहारीमा नेपालीहरु जापानका बिभिन्न सहरहरुमा बसोबास गर्दै आइरहेका छन्। त्यसै मध्यको चौथो ठुलो सहर फुकुओकामा पनि झन्डै ५ हजार  नेपालीहरु बिभिन्न क्षेत्रमा आवद्ध छन्। फुकुओका वरपर छरीएर रहेका नेपालीहरुलाई एकै ठाउँमा भेला गर्ने, आपसमा भाइचारा निभाउने, कसरी जापानको बसाईलाई राम्रो बनाउने भन्ने कुराहरु आगामी दिनहरुमा निकै नै आवश्यक रहेको छ। साथै नेपाल र नेपालीलाई जापान भरि नै परिचित गराउनु पर्ने बेला भएको छ।

बैशाखी मेला

नेपालको सिन्धुपाल्चोकमा

त्यसका निम्ति आफु बसेको ठाउँबाट नै यसको सुरुवात गरौ। यसैले नेपाल र नेपाली सस्कृति झल्कने, जापानी माझ नेपाल लाई चिनाउन कुनै न कुनै मध्यमको आवश्यकता रहेको हुनाले नेपाली नया सालको रुपमा प्रत्येक वर्ष बैशाखी मेला आयोजना गर्दै आइरहेका छौ। साथै भगवान् गौतम बुद्दको देशलाई शान्ति प्रिय जापानी नागरिकहरु बीच परिचित गराई सक्दो नेपाल भित्राउने, नेपाली पर्यटन व्यवसायलाई लोकप्रिय बनाई नेपालको अर्थ तन्त्र क्षेत्रलाई जतिसक्दो  बिकाश गर्ने पनि यस कार्यक्रमको प्रमुख उदेश्य रहेको छ।

बैशाखी मेला कार्यक्रम सम्बन्धि जानकारी

प्रत्येक पटक  हजारौ नेपाली र जापानिजहरुको सभागितामा यो मेलाको आयोजना हुदै आइरहेको छ। सन् २०११ देखि नयाँ वर्ष को १ दिन आयोजना हुदै आइरहेको कार्यक्रम यस पटक बाट २ दिन गरिने भएको छ। साथै २०१६ सम्म नेपाल र बंगलादेशका नागरिकहरुको संयुक्त प्रयासमा हुदै आएको यो मेला यो वर्ष बाट भने स्वयम नेपालीहरुको आयोजनामा मात्रै हुदैछ । ३० देखि ४० वटा बिभिन्न स्टलहरुमा नेपाली कला सस्कृति झल्कने सामान, नेपाली खाना लगाएत स्टेजमा नेपाली सांगीतिक  कार्यक्रम पनि गरिने व्यवस्था गरिएको छ। नेपाली भेषभुषामा सजिएर पन्चे बाजा गाजा सहित फुकुओका नगर परिक्रमा गरेपछि  मात्र कार्यक्रमको औपचारिक सुरुवात गरिनेछ।

नेपाल

राम्कृष्ण क्योदाइ अफिसम

कार्यक्रमका लागि फुकुओका नगरपालिका र फुकुओकामा अबस्थित विभिन्न कम्पनि लगाएत स्थानिय बिभिन्न संघ संस्थाहरुबाट र कला सस्कृति प्रेमी नेपाली दाजुभाईहरुबाट केहि मात्रामा आर्थिक सहयोग जुटाई यो कार्यक्रमलाई निरन्तर दिदै आईरहेका छौ। २०११ साल फुकुओका नेपाल शोसाईटीको मेरो अदक्षता कार्यकालमा सुरु गरिएको यो मेला अहिले निरन्तर गरिरहेका छौ। तेसबेला मलाई मेरो कार्यकालमा पूर्णरुपमा  सहयोग गर्नु हुने मेरो अग्रज साथीहरुलाई हार्दिक नमन गर्दै ,अहिले फुकुओका लगएत क्युशुमा  १८ ओटा संघ-सस्था र फुकुओका नेपाल सोसाईटी ,क्युशु नेपाल फ्रेन्डशिप सोसाईटी ,NRN  क्युशु जापान को निरन्तर सहयोग रहेको छ। अबको बर्षहरुमा पनि  निरन्तर सहयोगको अपेक्षा गरेको छु | यसै गरी अबका दिनहरुमा पनि सबैको सहयोग जुटाई थोरै भएपनि देशको बिकाशको निम्ति टेवा पुर्याउने काममा अघि बढ्नेछु ।

 

 लेखक : राम कृष्ण श्रेष्ठ
संयोजक : बैशाखी-मेला कार्यसमिति संयोजक
Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ओखलढुंगामा बम प्रहार

ओखलढुंगा, २ मंसिर। वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस ...