Home » कार्यक्रम » फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै
nepal
पत्रकार सम्मेलन

फुकुओका-मा बैसाखी मेला (नेपाल फेस्टिवल )२०१७ आयोजना हुँदै

फ़ुकुओका जापान,
नेपाली नयाँ वर्षको अवसर पारेर आगामि अप्रिल ८ र ९ तारिख ( अर्थात् चैत २६ र २७) गते जापानको फुकुओकामा अबस्थित तेन्जिन सेन्ट्रल पार्कमा सातौं बैशाखी मेला हुने भएको छ। फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा उक्त मेला हुने कुरा बैसाखी मेल संचालन समितिका संयोजक रामकृष्ण श्रेष्ठ ले जानकारी दिनुभयो |
सन् २०११ देखि हुँदै आएको बैशाखी मेला नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पुर्याउने र जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराइ भाईचारा अभिवृद्धि गराउने उदेश्यले मेला आयोजना हुँदै आएको हो। जापानको चौथो ठूलो सहर फुकुओकामा आयोजना हुने मेलाले नेपाल र नेपालीका साथै यहाँको संस्कृति, भगवान् गौत्तम बुद्धको जन्मस्थल लगायत नेपालको पर्यटनका साथै अर्थतन्त्रमा योगदान पुग्ने विश्वास लिइएको छ |

फुकुओका

त्यसैगरि मेलामा करिब तीस स्टलमार्फत नेपाली कला संस्कृति झल्कने किसिमका स्टल राखिने र नेपाली खाना लगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजासहित फुकुओकाको तेन्जिन सेन्ट्रल पार्क बाट तेन्जिन बजार परिक्रमा गरिने भएको छ। कार्यक्रममा पाँच हजार नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ,त्यो भन्दा दोब्बर संख्यामा जापानीजहरुको सहभागीता रहने विश्वास लिइएको छ |

यसै गरि नेपाल गएको अवसर पारेर अहिलेसम्म गरिएको बैसाखी मेलाको जानकारी र अब गरिने कार्यक्रम सम्बन्धि जानकारी गराइएको थियो उत्त पत्रकार संमेलनमा बैसाखी मेला संयोजन समितिका संयोजक रामकृष्ण श्रेष्ठ, फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठ यसैगरि नेपाललाई माया गर्ने जापानी नागरिक युरी योसिनागा, कोताकु योसिनागा लगाएतको उपस्थिति थियो |

यस बर्सको बैसाखी मेला कार्यक्रम पहिलेको भन्दा फरक र उत्कृष्ट बनाउनको लागि विभिन्न कार्यबिभागका संयोजक बनाइएको छ |
सांगीतिक कार्यक्रम संयोजक:- पुरुसोत्तम सिग्देल / ग्याम्जो लामा
स्टल संयोजक :- सन्तोष गुरुङ
परेड संयोजक :- धर्म महर्जन
करी कम्पिटिसन संयोजक :- हस्त लामा
प्रायोजक संयोजक :- दीपक देवकोटा
कार्यक्रम संचालन संयोजक :- सचिन आचार्य
साँस्कृतिक भेसभुसा संयोजक :- सुरेश तावा सुब्बा
प्रचारप्रसार संयोजक :- बिक्रम कोइराला
माथि उल्लेखित नाम बाहेक सबै संचालन समितिका सदस्यहरुले कार्यक्रमलाई सफल पार्नको लागि निकै लागि परेर काम गरिरहेको कुरा NRN क्युसुका सचिब देवराज उप्रेतीले जानकारी दिनुभयो |

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विवाह जीवनका लागि एउटा काँडा हो:अन्जु पन्त

काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...