पहिले गर्ने माया

फुकुओकामा रहेका युवाहरुद्वारा निर्माण गरिएको डालीडाली फूल फुल्यो गीतमा कभर भिडियो  सफलता संगसंगै अब नयाँ भिडियो पनि चाडैनै बजारमा आउन लागेको कुरा GN मेडियाका सम्पादन श्री ग्याम्जो लामाज्यू बाट प्राप्त भएको छ । “पहिले गर्ने माया” बोलको गीतमा गर्न लागेको र उक्त गीतमा स्वर बिन्दु परियार, शब्द/संगीत होमान सिंह चुहान मगर, गीतको भिडियोलाई बल थापाको निर्देशन्, छायांकनमा बिक्रम पुर्जा र राजु मम्बा रहेका छन् । साथै सम्पादनमा ग्याम्जो लामाले गरेका छन्। उक्त भिडियोमा होमान सिंह चुहान मगर, सुसिला गुरुङ र नयाँ मोडेल का  रुपमा रोजिना डंगोलले अभिनय गरेका छन् ।

नयाँ मोडेल
फ़ुकुओका मै रहेको रमणीय स्थान जस्तै ओहोरी कोयन, फुकुओका टावर आसपासको छेत्रमा छयांकन गरिएको कुरा उत्ता गीतका भिडियो सम्पादक श्री ग्याम्जो लामाज्यूले हामीलाई जानकारी गराउनु भयो ।
यसभन्दा अगाडि सोहि मेडिया बाट सम्पादन गरिएको डालीडाली फूल फुल्यो कभर भिडियोलाई जसरी दर्शक, श्रोताहरुले मन पराई दिनु भयो,  त्यसैगरि यस गीतलाई पनि माया गरिदिनु हुनेछ भन्ने आशा लिएका छौ ।

, , , , , ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *