सिल्क

सिल्क को शोरूम- फुकुओका जापानमा सँस्कृतिक एबम फेसनेबल सामग्री उपलब्ध 

जापानमा बद्दो नेपालीको संख्या र नेपाली संस्कार र भेसभूसालाई माध्यनज़र गर्दै यही मिति २०१७/०२/२७ देखी सिल्क जापानको औपचारिक रूपमा सोरूम खुलेको
छ । फ़ूकूओकाको हाकतामा रहेको श्री गणेश रेस्टुरेन्टको दोस्रो तल्लामा सिल्क जापानको शोरूम नेपालीपन झल्काउने बिभिन्न नेपालको प्रसिद डिजाइनरद्वारा डिजाइन गरिएको पोशाकहरू उपलब्द छन । “सिल्क जापान “ को संचालक सजिना रंजितको  अनुसार यो सुबिधा जापानमा रहेको नेपालीहरूलाई ध्यानमा राखी यो सेवा सुरूवात गरिएको जानकारी दिनुभयो । उक्त पसलमा हरेक किसिमका कपडाहरू राखिएका छन। बच्चाको पास्नी देखी रेस्टुरेन्टको टेबल, स्टाफ़को ड्रेससम्म उपलब्ध यस शोरूममा हरेक कार्यक्रमको लागी दोसल्ला, ब्याच पनि राखिएक़ो छ। यस्तै नेपाली महिला र युबतीहरूलाई फेसनेबल पहिरन र जातजातीय भेसभूसा साथै डान्सको लागी ड्रेस हाइअर सुपथ मूल्यमा बिक्री गारिने यसै ब्यबसायको अर्कों संचालक नीतू दहालले जानकारी दिनुभयो । यस्तै बिहेकोलागी सामग्री र दुबोको माला पनि रखिएको छ।

, , ,
Similar Posts
Latest Posts from fukuokanepal.news | सूचना र मनोरंजन को संगालो बोकेको नेपाली समाचार साइट

Leave a Reply

Your email address will not be published. Required fields are marked *