Home » कार्यक्रम » साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा- नेपाल तामाङ समाज जापानको सोनाम ल्होछार

साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा- नेपाल तामाङ समाज जापानको सोनाम ल्होछार

टोकियो  र फुकुओकामा सोनाम ल्होछार वृहत साँस्कृतिक कार्यक्रम   

तामाङ भाषा, साँस्कृतिक कला, धर्म, संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज केन्द्रीय समिति टोकियो, जापान फेब्रवरी १९ र २१ नेपाल तामाङ समाज क्युस्यु क्षेत्रिय समिति फुकुओका, जापानमा गर्न लागिरहेको बिशेष सांस्कृतिक कार्यक्रम अन्तिम तयारीमा पुगेको र यसको लागि आवस्यक सम्पूर्ण ब्यबस्था गरीसकेको समाजको केन्द्रीय अध्यक्ष कर्मसाँस्कृतिक

वाङगेल लामाले बताउनु भएको छ । सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रमको लागि नेपालबाट चर्चीत गायक तथा संगीतकार चन्द्र कुमार दोङ, गायिका निर्मला घिसिङ र हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न हुने जानकारी दिनुभएको छ । टोकियोमा इतबशी कुमिंग सेन्टर, ओयामा र फुकुओकामा प्लुग लइव हाउसमा हुनलागेको छ । फुकुओकामा आमन्त्रित कलाकार गायक कर्म दोङ् तामाङ, आर के स्याङतान र फुकु डान्स परिवारले पनि साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 साँस्कृतिक-1

वृहत साँस्कृतिक कार्यक्रमको प्रवेशका लागी टिकट बुकिङ खुलिसकेकाले समयमै सम्पर्क गर्न पनि आयोजकले आग्रह समेत गरेको छ ।

साँस्कृतिक-2

Namecheap.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ...